राति सुत्दा सिरानी मुनि यी ५ चिज राख्दा जीवनमा प्राप्त हुन्छलसुख शान्ति - Chaitanya News
  • 2026-05-05
  • 07:11:53
  • मंगलबार,बैशाख २२, २०८३
  • राति सुत्दा सिरानी मुनि यी ५ चिज राख्दा जीवनमा प्राप्त हुन्छलसुख शान्ति

    राति सुत्दा सिरानी मुनि यी ५ चिज राख्दा जीवनमा प्राप्त हुन्छलसुख शान्ति

    काठमाडौं– राति सुत्दा हामिले बिभिन्न सपनाहरु देख्ने गर्छौ । सुख शान्ति प्राप्त गर्न रातिको निद्रासँग गहिरो सम्बन्ध रहने गर्छ। यदि राति सुत्दा अफ्ठ्यारो पर्यो वा निद्रा परेन भने शरीर आलस्य हुन्छ। शरिरमा थकान महशुस हुन्छ । शरिरको थकान मेटाउन रातिको निद्राले मात्र सम्भब हुन्छ।

    शास्त्रका अनुसार सुत्ने समयमा यी पाँच चिज सिरानी मुनी राख्नु निकै राम्रो मानिन्छ। दिनभरीको सुख शान्तिका लागि यी चिज सिरानी मुनि राखेर सुत्दा राम्रो मानिन्छ।

    हनुमान चालिसा –
    राति सुत्ने समयमा हनुमान चालिसाको पुस्तक पढेर सिरानीमुनी राख्नाले मनमा डर, त्रास र अहंकार हट्ने र मन एकाग्र भएर शान्त हुने गर्छ। जय हनुमान ज्ञान गुन सागर। जय कपीस तिहुँ लोक उजागर॥ रामदूत अतुलित बल धामा। अंजनिपुत्र पवनसुत नामा ॥

    दुर्गा सप्तसती पाठ – राति सुत्नु अघि दुर्गा सप्तसतीलाई सिरानी मुनि राखेर सुत्दा चिन्ता र तनावबाट मुक्ति भइने बिश्वास गरिएको छ।

    मुला –
    हरेक बेलुका सुत्नु अघि सिरानी मुनी राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल प्राप्त हुने बिश्वास गरिएको छ।

    फलामको उपकरण –
    सुत्नेबेला सिरानमुनि फलामको कुनै चिज राख्नाले भुत–प्रेत, ऐठन हुने समस्या बाट छुट्कारा पाउन सकिन्छ। शास्त्रका अनुसार सिरानमुनि फलामको कुनै चिज राखेर सुत्दा तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ। बालवालिका सुत्ने बेला सिरानी मुनि सानो कैँची वा चकु राख्ने चलन पनि छ।

    फूल–
    सुत्ने बेला सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ।