तीन महिनाभित्र सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन - Chaitanya News
  • 2026-09-08
  • 04:43:42
  • सोमबार,भाद्र २२, २०८३
  • तीन महिनाभित्र सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन

    तीन महिनाभित्र सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन

    काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ।

    सामाजिक सञ्जाल कम्पनीहरूलाई “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०” अनुसार सञ्चालनमा आउन मन्त्रालयले सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएको हो।

    हाल सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मले मसिंर १५ गतेको मितिले तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्ने मन्त्रालयले भनेको छ।