कार्यवाहक प्रधानमन्त्री खड्काले भने: गणतन्त्रविरोधी हर्कतलाई सामूहिकरूपमा जवाफ दिन जरुरी छ - Chaitanya News
  • 2026-11-16
  • 08:32:15
  • सोमबार,मंसिर ०१, २०८३
  • कार्यवाहक प्रधानमन्त्री खड्काले भने: गणतन्त्रविरोधी हर्कतलाई सामूहिकरूपमा जवाफ दिन जरुरी छ

    कार्यवाहक प्रधानमन्त्री खड्काले भने: गणतन्त्रविरोधी हर्कतलाई सामूहिकरूपमा जवाफ दिन जरुरी छ

    काठमाडौँ– कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रूपमा अन्यप्रणाली भन्दा उन्नत रहेको बताएका छन्।

    आज (शुक्रबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रूपमा अन्यप्रणाली भन्दा उन्नत रहेको बताएका हुन्।

    यो शासन प्रणालीको विकल्प नरहेको भन्दै उनले जिम्मेवारीमा बसेकाहरूले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्नेमा जोड दिए।

    गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने कुरालाई सबैले सामूहिक रूपमा जवाफ दिन जरुरी रहेको खड्काको भनाइ छ।

    उनले भने, ‘जवाफ दिने क्रममा हाम्रा शासकीय सुधारहरू, सुशासन र आम नागरिकका अपेक्षाहरू, दैनिक आम उपभोक्तालाई दिनुपर्ने सेवा र सहजीकरण, निर्णय प्रक्रियामा छिटो छरितो, निर्णय प्रक्रियामा भएका झन्झटिला प्रक्रियाहरूलाई छिटो छरितो तरिकाले तीव्र गतिमा अघि बढाउने र कमी कमजोरी सुधार्दै अघि बढ्नुपर्छ।

    शुक्रबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिकोत्सवमा उनले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए।