संविधान र मुलुकका उपलब्धि खारेज गर्नेलाई जिताए देशले हार्नेछ : भुसाल - Chaitanya News
  • 2026-04-22
  • 10:37:00
  • बुधबार,बैशाख ०९, २०८३
  • संविधान र मुलुकका उपलब्धि खारेज गर्नेलाई जिताए देशले हार्नेछ : भुसाल

    संविधान र मुलुकका उपलब्धि खारेज गर्नेलाई जिताए देशले हार्नेछ : भुसाल

    काठमाडौं– पूर्व उपसभामुख तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको सही कार्यान्वयन गर्दै दीगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको बताएकी छन्।

    ५ दलीय गठबन्धन निर्वाचन प्रचारप्रसार समिति अर्घाखाँचीको आयोजनामा मंगलवार मालारानी गाउँपालिका–१ को मारङ, २ को अर्घातोष, ३ को खनदह, ४ को खनका विभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै लामो संघर्षबाट बनेको संविधान र मुलुकका उपलब्धि खारेज गर्नेलाई जिताए देशले हार्ने उनले बताइन्।

    वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेशसभा (१) का साझा उम्मेदवार सागर केसीले आफूहरूको जीत नै सिंगो अर्घाखाँचीको जीत हुने धारणा व्यक्त गरे। राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार केसीले दल, गुट, समूह र व्यक्तिगत स्वार्थमा राज्यको ढुकुटी सकिँदा जिल्ला पछाडि परेको आरोप लगाए।

    कार्यक्रममा नेपाली कांग्रेसका नेता रेवतीप्रसाद भुसाल, डाक्टर रामबहादुर विसी, बालकृष्ण पाण्डे, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुरकुमार विक, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहान, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य गोकर्ण थापा लगायतले मन्तव्य राखेका थिए।