केपी ओली कप टी–२० बागमतीलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश - Chaitanya News
  • 2026-06-07
  • 11:57:52
  • आइतबार,जेठ २४, २०८३
  • केपी ओली कप टी–२० बागमतीलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश

    केपी ओली कप टी–२० बागमतीलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश

    काठमाडौँ– केपी ओली कप टी–२० क्रिकेटमा त्रिभुवन आर्मी क्लब प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

    आज (बिहीबार) पोखरा क्रिकेट मैदानमा भएको सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि आर्मी उपाधि नजिक पुगेको हो।

    बागमतीले दिएको १२८ रनको लक्ष्य आर्मीले ६ विकेटको क्षतिमा १५ ओभरमै पूरा गर्‍यो।

    आर्मीको जितमा भीम सार्कीले ३९ रन र सोमपाल कामीले नटआउट १४ रन जोडे। भीमले ३५ बलमा ५ चौका तथा सोमपालले १२ बलमा १ छक्का प्रहार गरे।

    कुशल मल्लले ८ बलमा ४ छक्का प्रहार गर्दै २७ रन बनाए। कप्तान विनोद भण्डारीले १२ बलमा ३ चौका र २ छक्काको मद्दतमा २५ रन जोड्दा अरू ब्याटर दोहोरो अङ्कमा रन नजोड्दै आउट भए।

    बलिङमा बागमतीमा कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे।

    त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ७ विकेटको क्षतिमा १२७ रन मात्र जोड्न सक्यो।

    खराब ब्याटिङ गरेको बागमतीका लागि प्रतीक श्रेष्ठको नटआउट ५० रन महत्त्वपूर्ण साबित भयो। उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए।

    त्यसअघि ओपनर शुभ कंसाकार ३ रन, रित गौतम १४, इशान पाण्डे १२ रन, रोशन विक १ र गौरव खड्का ८ रनमा आउट हुँदा बागमतीले १०।१ ओभरमा ४४ रन जोड्दा महत्त्वपूर्ण ५ विकेट गुमाएको थियो।

    प्रति