जाजरकोट भूकम्पपीडितहरूका लागि सचिव, सहसचिव लगायतका कर्मचारीले सात दिनको पारिश्रमिक दिने - Chaitanya News
  • 2026-05-27
  • 03:21:05
  • मंगलबार,जेठ १२, २०८३
  • जाजरकोट भूकम्पपीडितहरूका लागि सचिव, सहसचिव लगायतका कर्मचारीले सात दिनको पारिश्रमिक दिने

    जाजरकोट भूकम्पपीडितहरूका लागि सचिव, सहसचिव लगायतका कर्मचारीले सात दिनको पारिश्रमिक दिने

    काठमाडौँ– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले जाजरकोट भूकम्पपीडितहरूका लागि आफूहरूको सात दिनको पारिश्रमिक दिने निर्णय गरेका छन्।

    आज (बुधवार) बसेको बैठकले नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको हो।

    आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोग एवम् आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट तीन दिन, उपसचिव र शाखा अधिकृतहरूबाट दुई दिन र सोभन्दा तलका कर्मचारीहरूबाट एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको जानकारी दिए।

    गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो भने ३७२ जना घाइते भएका थिए।