मलेसियाको आजियाटा बर्हार्डले गर्‍यो एनसेलबाट बाहिरिने निर्णय - Chaitanya News
  • 2026-05-27
  • 03:21:23
  • मंगलबार,जेठ १२, २०८३
  • मलेसियाको आजियाटा बर्हार्डले गर्‍यो एनसेलबाट बाहिरिने निर्णय

    मलेसियाको आजियाटा बर्हार्डले गर्‍यो एनसेलबाट बाहिरिने निर्णय

    काठमाडौं– मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ।

    एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ।

    कम्पनी स्रोतका अनुसार आजियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ।

    हाल एनसेलमा आचार्यद्वयको ३० प्रतिशत सेयर छ। एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ।