काठमाडौँ– नेपाल वायुसेवा निगमको जहाज खरिदका विषयमा छानबिन सुरु भएको छ।
जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै कार्यालयमा उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन सुरु गरेको हो।
उक्त उजुरीमाथि प्रारम्भिक छानबिन सुरु गरिएको कार्यालयले जनाएको छ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विमान खरिदका लागि टेन्डर (बोलपत्र)आह्वान गरेको छ।