लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-07
  • 02:35:01
  • शनिबार,जेठ २३, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

     

    1. वैज्ञानिकहरु द्धारा अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो ?

    A. मंगल                   B. शुक्र                     C.शनि          D. बुध

     

    2.  नेपालमा सर्वप्रथम कालोपत्रे गरिएको सडक तलका मध्ये कुन हो ?

    A. पुर्वपश्चिम राजमार्ग            B. सिद्धार्थ राजमार्ग              C. पृथ्वी राजमार्ग        D.त्रिभुवन राजपथ

     

    3. संयुक्त राष्ट्र संघको सामाजिक तथा आर्थिक परिषदमा ३ वर्षका लागि कति सदस्य राष्ट्र रहने व्यवस्था रहेको छ ?

    A. ५६ वटा                          B. ५५ वटा                   C. ५४ वटा                    D. ५२ वटा

     

    4. राष्ट्रिय जनगणना २०७८ अन्तिम नतिजा अनुसार जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    जिल्ला                  साक्षरता दर

    a. रौतहट         1. ५९.७७ प्रतिशत

    b. महोत्तरी        2. ५७.७५ प्रतिशत

    c. सर्लाही        3.  ६३.८४ प्रतिशत

    d. हुम्ला              4. ६०.३१ प्रतिशत

    A) a2,b1,c4,d3              B) a1,b2,c3,d4              C) a2,b3,c1,d4            D) a3,b1,c4,d2

     

    5. क्षेत्रफलका आधारमा सबैभन्दा सानो युरोपियन युनियनको सदस्य राष्ट्र कुन हो ?

    A. बेल्जियम         B. साईप्रस                          C. माल्टा              D. लग्जम्वर्ग

     

    6. निम्न मध्य आसियानको संस्थापक राष्ट्र कुन होईन ?

    A. ईन्डोनेसिया           B. थाईल्याण्ड             C.मलेसिया               D. म्यानमार

     

    7. वार्षिक पात्रको प्रचलन तलका मध्ये कुन सभ्यताबाट विकास भएको हो ?

    A.रोमको सभ्यता            B. मिश्रको सभ्यता             C. मेसोपोटामियाको सभ्यता          D. सिन्धु घाटिको सभ्यता

     

    8. तलका मध्य रामसार सुचिमा सुचिकृत नेपालको पहिलो क्षेत्र कुन हो ?

    A. बीस हजारी ताल      B.कोशिटापु              C. जगदिशपुर ताल        D. घोडाघोडी ताल

     

    9. मानव भुगोलको अध्ययन कुन शताब्दीमा भएको थियो ?

    A.  १६ औ शताब्दी     B. १७ औ शताब्दी             C. १८ औ शताब्दी               D १९ औ शताब्दी

     

    10. ग्यासको दवाव नाप्ने यन्त्रलाई के भनिन्छ ?

    A. एम्पियर             B. फेदोमिटर             C. ल्याक्टोमिटर            D. मोनोमिटर

     

    11. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    १. दक्षिण अमेरिको क्षेत्रफलको आधारमा विश्वको तेस्रो ठुलो महादेश हो ।

    २. एशिया महादेशको पुर्वमा आन्द्र महासागर पर्दछ ।

    ३. सबै युगका प्राचिन र नवीनतम संस्कृति पाईने महादेश अफ्रिका हो ।

    A. १,२ ठिक ३ बेठिक              B. ३ ठिक १,२ बेठिक               C. २,३ ठिक १ बेठिक            D. १ र ३ बेठिक २ ठिक

     

    12. महालेखा परिक्षकको कार्यालयको ६० औ वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु भएको मन्त्रालय कुन हो ?

    A. गृह मन्त्रालय               B. अर्थमन्त्रालय                    C.  कानुन मन्त्रालय        D. वन मन्त्रालय

     

    13. क्षेत्रफलको आधारमा महासागरहरुको ठुलो देखि सानो क्रम कुन सहि हो ?

    A. प्रशान्त, आन्द्र, हिन्द, सुमेरु, कुमेरु                  B. प्रशान्त, आन्द्र, हिन्द, कुमेरु,सुमेरु,

    C. प्रशान्त, हिन्द, आन्द्र, सुमेरु, कुमेरु                 D.प्रशान्त, आन्द्र, सुमेरु, हिन्द, कुमेरु

     

    14. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    १. राणाकालमा प्रधानमन्त्रीको कार्यालयलाई खड्ग निशाना अड्डा भनिन्त्थो ।

    २. मानव न्यायशास्त्रको रचना जयप्रकाश मल्लले गरेका हुन ।

    ३. शब्द विद्या ग्रन्थको रचना अंशुवर्माले गरेका थिए ।

    A. १,३ सहि २ गलत              B. १ सहि २,३ गलत                C. २,३ सहि १ गलत                  D.सबै सहि

     

    15. विभिन्न वंशका प्रथम राजाको उल्लेखित जोडाहरु बारे विचार गर्नुहोस् ।

    १. सोमवंशी – निमिष २. किराँत – यलम्बर ३. मल्ल – जयदेव प्रथम ४. लिच्छवीकाल – अरिदेव

    माथिका जोडाहरु मध्ये नमिल्ने जोडा कुन हो ?

    A. १,२ मात्र              B.  २, ३ मात्र                C. १,३ मात्र      D.३ र ४

     

    16. च्छो रोल्पा हिमाल ताल कुन जिल्लामा पर्दछ 

    A. ताप्लेजुङ                  B. सोलुखुम्बु                    C.  दाङ D.दोलखा

     

    17. विश्वको जनसंख्या कहिले ८ अर्व पुगेको हो ?

    A. सन् २०२२ नोभेम्बर १५                  B. सन् २०२२ नोभेम्बर १६

    C.सन् २०२२ नोभेम्बर १७                  D. सन् २०२२ नोभेम्बर १८

     

    18. IA   2030 के सँग सम्बन्धित छ ?

    A. स्वास्थ्य        B.  शिक्षा       C. स्पोर्टस          D. दिगो विकास

     

    19. सर्वप्रथम चिठिमा टिकट टास्ने प्रचलनको सुरुवात गर्ने देश कुन हो ?

    A. फ्रान्स                     B. इरान        C.रसिया           D.  बेलायत

     

    20. सबैभन्दा बढि कृषक परिवार भएको जिल्ला तलका मध्ये कुन हो ?

    A.  झापा            B.  ईलाम C. मोरङ           D. गोर्खा

     

    1.B 11. B

    2.D 12. B

    3. C 13. B

    4. A 14. A

    5. C 15. D

    6. D 16. D

    7. A 17. A

    8. B 18. B

    9. D 19. D

    10.D 20. A

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100