स्नातक तहको पढाइ पूरा गरेका किशोरीलाई नगद एक लाख रुपियाँ प्रोत्साह भत्ता - Chaitanya News
  • 2026-05-03
  • 06:45:55
  • आइतबार,बैशाख २०, २०८३
  • स्नातक तहको पढाइ पूरा गरेका किशोरीलाई नगद एक लाख रुपियाँ प्रोत्साह भत्ता

    स्नातक तहको पढाइ पूरा गरेका किशोरीलाई नगद एक लाख रुपियाँ प्रोत्साह भत्ता

    सिन्धुली– मरिण गाउँपालिकाले यो वर्ष विवाह नगरी स्नातक तहको पढाइ पूरा गरेका किशोरीलाई नगद एक लाख रुपियाँ प्रोत्साह भत्ता दिने भएको छ। पालिकाले महिला शिक्षालाई प्राथमिकतामा राख्दै विवाह नगरी स्नातक तह उत्तीर्ण गरेका किशोरीलाई प्रोत्साहन रकम दिन लागिएको गाउँपालिका उपाध्यक्ष विमला माझीले बताइन्।

    बाल विवाहलाई न्यूनीकरण गर्न र उच्च शिक्षामा विपन्नसँगै विशेष गरी महिलाको पहुँच पुर्‍याउन यो कार्यक्रम ल्याएको उपाध्यक्ष माझीले भनिन्। तर पालिका पालिकाको सो भत्ता पाउन पालिकामै रहेको उच्च माविमा पढेको हुनुपर्ने सर्त छ। पालिकाभित्र स्नातकसम्म पढाइ हुने एकमात्र उच्च मावि कपिलाकोट रहेको उपाध्यक्ष माझीले बताईन्

    सो कार्यक्रमका लागि गाउँपालिकाले पाँच लाख बजेट विनियोजन गरी गत मंसिर १० गते निवेदन दिन आग्रह गरेको रभत्ता वितरण गर्नका लागि भर्खर १५ दिने सूचना प्रकाशित गरिएको गाउँपालिकाले जनाएको छ।