टिकटक बन्द गरेरनगरेकाबारे जवाफ दिन २४ घण्टे अल्टिमेटम सेवा प्रदायक कम्पनीलाई पाल दूरसञ्चार प्राधिकरणको निर्देशन - Chaitanya News
  • 2026-11-19
  • 13:36:57
  • बिहिबार,मंसिर ०४, २०८३
  • टिकटक बन्द गरेरनगरेकाबारे जवाफ दिन २४ घण्टे अल्टिमेटम सेवा प्रदायक कम्पनीलाई पाल दूरसञ्चार प्राधिकरणको निर्देशन

    टिकटक बन्द गरेरनगरेकाबारे जवाफ दिन २४ घण्टे अल्टिमेटम सेवा प्रदायक कम्पनीलाई पाल दूरसञ्चार प्राधिकरणको निर्देशन

    काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरेरनगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ।

    नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भएरनभएकाबारे जानकारी दिन निर्देशन दिएको हो ।

    यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ।

    यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने जानकारी दिए।

    गत कात्तिक २८ गते र मङसिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन दिएको उनले बताए। गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो।