काठमाडौँ– केदार कार्की नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयकमाथि एमाले र राप्रपाका प्रदेश सभा सदस्यहरूले कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा व्यवस्था गरेको खर्च कटौतीको प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेका छ।
विभिन्न शीर्षकमा खर्च कटौती गर्नुपर्ने उनीहरूको भनाई छ।
बजेटमाथिको छलफल सकिएपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि आज बिहान ११ बजेसम्मका लागि समय दिएको थियो।
सरकारले आजको बैठकबाट बजेट पारित गर्ने तयारी गरेको बेला एमालेका ६ र राप्रपाका २ प्रदेश सभा सदस्यहरूले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन्।
एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रदेशसभा सदस्यहरू विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राईले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन्।
यस्तै राप्रपाका भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्माले पनि प्रस्ताव दर्ता गराएको संसद् सचिवालयले जनाएको छ।