सहसचिव सरिता दवाडी सचिवमा बढुवा - Chaitanya News
  • 2026-07-16
  • 13:42:39
  • बिहिबार,आषाढ ३२, २०८३
  • सहसचिव सरिता दवाडी सचिवमा बढुवा

    सहसचिव सरिता दवाडी सचिवमा बढुवा

    काठमाडौँ– सरकारले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेको छ।

    आज (बुधबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

    लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा हिजो (मङ्गलवार) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव त्रय सरिता दवाडी, दिनानाथ मिश्र र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको थियो।

    दवाडी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशकका रूपमा काम गर्दै आएकी थिइन्।