काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ।
आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर एक लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महांसंघले जनाएको छ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ।