कोशी प्रदेश लगायत पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-11-19
  • 13:28:55
  • बिहिबार,मंसिर ०४, २०८३
  • कोशी प्रदेश लगायत पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

    कोशी प्रदेश लगायत पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाकाले हाल देशको कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको बताएको छ।

    आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

    दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।