एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस, आजै बढुवा गर्ने निर्णय - Chaitanya News
  • 2026-05-03
  • 06:44:38
  • आइतबार,बैशाख २०, २०८३
  • एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस, आजै बढुवा गर्ने निर्णय

    एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस, आजै बढुवा गर्ने निर्णय

    काठमाडौँ– सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ।

    लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा हिजो (मङ्गलवार) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय सरिता दवाडी, दिनानाथ मिश्र र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको हो।

    पहिलो नम्बरमा सिफारिस दवाडी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक रहेकी छिन् भने दोस्रो नम्बरका मिश्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक र तेस्रो नम्बरमा सिफारिसमा परेका घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतकै खानी तथा भूगर्भ विभागका महानिर्देशक हुन्।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव९ऊर्जा० दिनेशकुमार घिमिरेले अनिवार्य अवकाश हुन एक महिना बाँकी रहँदै पदबाट राजीनामा दिएसँगै सचिव पद रिक्त हुन पुगेको थियो।

    सम्बन्धित समाचार मन्त्रिपरिषद्को निर्णय स् सुन तस्करी छानबिन आयोगमा जनशक्ति थपदेखि सचिवको राजीनामा स्वीकृतसम्म

    अहिले केही बेरमा शुरु हुन लागेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरिएका तीन जनामध्ये एकलाई सचिव बढुवा गर्ने निर्णय गर्दै छ।