एनएसएलमाआज काठमाडौँ रेजर्स र चितवन एफ सीबीच प्रतिस्पर्धा हुँदै - Chaitanya News
  • 2026-10-07
  • 06:35:07
  • बुधबार,आश्विन २१, २०८३
  • एनएसएलमाआज काठमाडौँ रेजर्स र चितवन एफ सीबीच प्रतिस्पर्धा हुँदै

    एनएसएलमाआज काठमाडौँ रेजर्स र चितवन एफ सीबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौँ– नेपाल सुपर लिग फुटबल (एनएसएल)मा आज काठमाडौँ रेजर्स र चितवन एफ सीबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ साँढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ।

    पहिलो खेलमा स्पोर्टीङ इलामलाई हराएको साविक विजेता काठमाडौँ आज लगातार दोस्रो जितको खोजीमा रहेको छ। उता पहिलो खेलमा पोखरा थन्डर्ससँग १(० ले पराजित भएको चितवन भने पहिलो जितको खोजीमा हुनेछ।

    यसअघि सोमबारको खेलमा स्पोर्टीङ इलामले झापा एफ सी लाई १–० ले हराएको छ। दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा ९ वटा फ्रेन्चाइज टोलीहरूको सहभागिता छ।