मिनिरल वाटरको बोतलमा भेटियो कीरा, महानगरले तिरायो १ लाख जरिवाना - Chaitanya News
  • 2026-05-05
  • 06:07:02
  • मंगलबार,बैशाख २२, २०८३
  • मिनिरल वाटरको बोतलमा भेटियो कीरा, महानगरले तिरायो १ लाख जरिवाना

    मिनिरल वाटरको बोतलमा भेटियो कीरा, महानगरले तिरायो १ लाख जरिवाना

    काठमाडौँ– काठमाडौँस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएको छ। कीरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रा.लि.लाई काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ।

    क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनी विरुद्ध काठमाडौँ महानगरमा उजुरी दिएको थियो । कागेश्वरी मनोहरा नगरपालिका–६ को ठेगाना रहेको एएण्डबी वेभरेज प्रा.लि.लाई महानगरले अब अर्को पटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

    यस्तै पानी बोतलमा भर्नु अगाडि बोतल अनिवार्य रूपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ। प्रा.लि.लाई महानगरले ढुवानीकर्तालाई पनि निर्देशन उपलब्ध गराउन भनेको छ। यस अघि पनि महानगरले पानीको जार कम्पनीलाई पटक पटक कारबाही गर्दै आएको छ।