बच्चालाई निमोनिया भए–नभएको पत्ता लगाउने तरिका - Chaitanya News
  • 2026-05-05
  • 06:07:02
  • मंगलबार,बैशाख २२, २०८३
  • बच्चालाई निमोनिया भए–नभएको पत्ता लगाउने तरिका

    बच्चालाई निमोनिया भए–नभएको पत्ता लगाउने तरिका

    बढ्दो प्रदुषण तथा अस्तव्यस्त जीवनशैली साथमा बढ्दै गरेको चिसोको कारणले निमोनियाको खतरा पनि बढ्छ।

    निमोनियाका लक्षण, यसबाट बच्ने तरिका तथा डाक्टरसँग कतिबेला जाँच गर्ने भन्ने बारे जान्न जरुरी हुन्छ।

    सजिलो भाषामा थाहा पाउँदा निमोनिया भनेको फोक्सोसँग जोडिएको संक्रमण हो। निमोनिया भएपछि बिरामीलाई स्वास लिन समस्या हुन थाल्छ। साथमा यसले शरीरको इम्यून सिस्टमलाई पनि कमजोर बनाउँछ।

    निमोनिया हुँदा ज्वरो आउनु, स्वासको समस्या, छटपटी, भोक नलाग्नु जस्ता लक्षण देखिन्छन्। यस्तोमा निमोनिया पत्ता लगाउनका लागि रगतको सीबीसी जाँच गराउनु पर्दछ। यो जाँचमा आरबीसी १२ हजारभन्दा धेरै छ भने तपाईंलाई निमोनिया भएको हुन सक्छ।

    निमोनियाको संक्रमण भएको छ कि छैन पत्ता लगाउनका लागि तपाईंले छातीको एक्सरे गर्नुपर्ने हुन्छ। एक्सरेमा सेतो दाग धब्बा देखिएका छन् भने डाक्टरले तपाईंलाई निमोनिया भइसकेको बताउनेछन्।

    निमोनियाबाट बच्न यदी धुम्रपान गर्नुहुन्छ भने त्यसलाई छोड्नुपर्ने हुन्छ । साथमा एक हप्तासम्म लगातार खोकी लागिराखेको अवस्थामा डाक्टरसँग अवश्य सल्लाह लिनुहोस्।