राजतन्त्र फर्किने विषयमा मलाई विश्वास लागेको छैन : ‍शशाङ्क कोइराला - Chaitanya News
  • 2026-11-16
  • 09:13:32
  • सोमबार,मंसिर ०१, २०८३
  • राजतन्त्र फर्किने विषयमा मलाई विश्वास लागेको छैन : ‍शशाङ्क कोइराला

    राजतन्त्र फर्किने विषयमा मलाई विश्वास लागेको छैन : ‍शशाङ्क कोइराला

    चितवन– नेपाली काँग्रेस नेता डा.शशाङ्क कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिएका छन्।

    आज सोमबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले भने यहाँ हरेक कुराको सम्भावना छ। संसदले चाह्यो भने जे पनि हुनसक्छ।’ सरकारका कामप्रति नागरिक पूर्णरूपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो।

    गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले भने,’मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन। मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन।’

    सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनले बताए। उनले भने,’जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ।’

    नारायणगढ९बुटवल सडक खण्डका विषयमा आफूले निर्माण व्यवसायीलाई १२ पटकसम्म भन्दा पनि काम हुन नसकेको तथा यस विषयमा संसदमा कुरा उठाउने उनले बताए।