काठमाडौँ– कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ।
बैठकमा पार्टी अध्यक्ष थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राखेको महामन्त्री राजाराम बर्तौलाले बताए।
उनको अनुसार बैठकमा नेताहरूले आफ्नो धारणा राख्नुको साथै पार्टीको आगामी नीति, योजना र कार्यक्रमबारे छलफल भइरहेको उनले बताए।
पछिल्लो समय हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको पक्षमा भएको आन्दोलनको विषयमा पनि बैठक केन्द्रित रहेको बताइएको छ।