नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम - Chaitanya News
  • 2026-05-27
  • 02:14:56
  • मंगलबार,जेठ १२, २०८३
  • नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम

    नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम

    काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ तोकेको छ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ। यसअघि ११ कात्तिकमा सुनको मूल्यले प्रतितोला एक लाख १७ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो।

    आइतबार सुन प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार ५०० रुपैयाँ बढेर उच्च मूल्यको रेकर्ड बनेको हो।