काठमाडौँ– सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो।
महिनौँको तयारी पछि बल्ल ७१ जनाको नामावली टुङ्गोमा पुर्याइएको हो। शुक्रबार मात्रै ७० जनाको अन्तिम सुची तयार भएपनि पछि थप १ जनासहित केहीको कार्यालय मिलान गरेर ७० जनामा सहमति कायम गरिएको छ।
सहसचिवको सरुवामा मन्त्रीहरू स्वयं आफै सक्रिय भएसँगै सामान्यका कर्मचारी र मुख्य सचिवलाई मिलाउनै हम्मे हम्मे परेको थियो।