भूकम्प पीडितको आवास निर्माणका लागि कर्णालीका पूर्वमुख्यमन्त्री शाहीले गरे ५ लाख सहयोग - Chaitanya News
  • 2026-07-13
  • 09:36:17
  • सोमबार,आषाढ २९, २०८३
  • भूकम्प पीडितको आवास निर्माणका लागि कर्णालीका पूर्वमुख्यमन्त्री शाहीले गरे ५ लाख सहयोग

    भूकम्प पीडितको आवास निर्माणका लागि कर्णालीका पूर्वमुख्यमन्त्री शाहीले गरे ५ लाख सहयोग

    सुर्खे– कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्नका लागि व्यक्तिगत रुपमा ५ लाख आर्थिक सहयोग गरेका छन्।

    भूकम्पबाट प्रभावित घर परिवारको अस्थायी घर निर्माण गर्ने कार्यमा सहयोग पुर्‍याउनका उक्त रकम सहयोग गरेका हुन्।

    पाँच लाखको चेक आइतबार कांग्रेस प्रदेश सभापति ललितजंग शाहीलाई हस्तान्तरण गरेका छन्।

    कांग्रेस कर्णाली प्रदेश समितिले आफ्नोतर्फबाट ५० वटा अस्थायी घर जाजरकोट र ५० वटा रुकुम पश्चिममा बनाउने निर्णय गरेको छ। उक्त घर निर्माणका लागि सहयोग पुगोस् भनेर शाहीले आर्थिक सहयोग गरेका हुन्।