रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि सुरु - Chaitanya News
  • 2026-11-16
  • 08:59:45
  • सोमबार,मंसिर ०१, २०८३
  • रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि सुरु

    रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि सुरु

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ।

    बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ। बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने महासचिव मुकुल ढकालले जानकारी दिए।

    केन्द्रीय अनुशासन र लेखा तथा प्रदेशहरूबाट सांगठानिक र राजनीतिक प्रतिवेदनसमेत बैठकमा पेश हुनेछ। पार्टीको आर्थिक प्रतिवेदन, सांसदहरूको तथा संसदीय कार्यको समीक्षा गर्ने तयारी पनि छ। महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा पनि संयुक्त बैठकमा छलफल हुने पार्टीले जनाएको छ।