आजदेखि पुनः सञ्चालनमा आउँदै द्रुत बस - Chaitanya News
  • 2026-11-19
  • 12:50:19
  • बिहिबार,मंसिर ०४, २०८३
  • आजदेखि पुनः सञ्चालनमा आउँदै द्रुत बस

    आजदेखि पुनः सञ्चालनमा आउँदै द्रुत बस

    काठमाडौँ– द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउँदै छ। भक्तपुरको सूर्य विनायकदेखि काठमाडौँको रत्नपार्कसम्म द्रुत बसले सेवा दिने छ। निजी सवारी साधन नभएकालाई सार्वजनिक यातायातमा आकर्षित गर्नका लागि सुरु गरिएको सेवामा ३६ बसले यात्रु ओसार्ने छन्।

    यसका लागि सडक पुनः रङ रोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड थपिएका छन्। ११ वटा बस थपेर सेवालाई थप प्रभावकारी बनाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए। दसैँ तिहारमा यात्रुको चाप कम हुने भएकाले एक महिना सेवा स्थगित गरिएको उनको भनाई छ। मन्त्री ज्वालाका अनुसार बिहान र बेलुकाको पिक आवरमा हरेक तीन मिनेटमा बस छुट्ने छन्।