सर्वोच्च अदालतले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण - Chaitanya News
  • 2026-11-16
  • 08:59:35
  • सोमबार,मंसिर ०१, २०८३
  • सर्वोच्च अदालतले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण

    सर्वोच्च अदालतले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण

    काठमाडौं– सर्वोच्च अदालतले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण मागेको छ। आज (शुक्रबार)न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले सो आदेश गरेको हो।

    शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।