प्रधानमन्त्री ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्रीबीच भेट, दुई देशबीचको सम्बन्ध विस्तारबारे छलफल - Chaitanya News
  • 2026-11-16
  • 09:05:46
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्री ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्रीबीच भेट, दुई देशबीचको सम्बन्ध विस्तारबारे छलफल

    प्रधानमन्त्री ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्रीबीच भेट, दुई देशबीचको सम्बन्ध विस्तारबारे छलफल

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अलमुखैरीबीच शिष्टाचार भेट भएको छ।

    नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आएका अल(मुखैरीले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेट गरेक हुन्।

    भेटमा दुई देशबीचको सम्बन्ध विस्तारबारे छलफल भएको छ। साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो।