उत्तर कोरियाले गर्‍यो नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय - Chaitanya News
  • 2026-11-19
  • 12:42:58
  • बिहिबार,मंसिर ०४, २०८३
  • उत्तर कोरियाले गर्‍यो नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय

    उत्तर कोरियाले गर्‍यो नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय

    काठमाडौं– उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका छन्।

    प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार सोमबार भएको भेटमा उत्तर कोरियाली राजदूत मेनले दूतावास बन्द गर्ने निर्णय सुनाएका हुन्।

    राजदूत मेनले दूतावास बन्द गर्नुपर्ने कारणबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन्। उनले बदलिँदो भूराजनीतिक परिवेश र आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालमा रहेको दूतावास बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन्।

    उनले छिमेकी मुलुक भारतमा दूतावासले नै नेपाल मामिला हेर्नेबारे जानकारी समेत दिएका छन्।

    सञ्चालनमा ल्याउने आशा रहेको बताएका थिए।

    प्रचण्डले राजदूत मेनलाई उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउन भूमिका खेलेको भन्दै आभारसमेत व्यक्त गरेका थिए।