भूकम्प पीडितका लागि चिनियाँ सेनाका २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्रीलाई हस्तान्तरण - Chaitanya News
  • 2026-07-13
  • 09:36:38
  • सोमबार,आषाढ २९, २०८३
  • भूकम्प पीडितका लागि चिनियाँ सेनाका २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्रीलाई हस्तान्तरण

    भूकम्प पीडितका लागि चिनियाँ सेनाका २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्रीलाई हस्तान्तरण

    पोखरा– जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज पोखरा आइपुगेका छन्।

    जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे।

    चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेको हुन्।

    उक्त राहत सामग्री नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याउने छ। आवश्यकताका आधारमा सामग्री पोखराबाट पठाइने छ।