काँग्रेसले खटायो महामन्त्रीद्वय गगन र विश्वप्रकाशलाई भूकम्प प्रभावित क्षेत्रमा - Chaitanya News
  • 2026-11-19
  • 12:42:57
  • बिहिबार,मंसिर ०४, २०८३
  • काँग्रेसले खटायो महामन्त्रीद्वय गगन र विश्वप्रकाशलाई भूकम्प प्रभावित क्षेत्रमा

    काँग्रेसले खटायो महामन्त्रीद्वय गगन र विश्वप्रकाशलाई भूकम्प प्रभावित क्षेत्रमा

    काठमाडौँ– नेपाली काँग्रेसले आफ्ना दुई महामन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ।

    काँग्रेसले उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाएको हो।

    मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले उद्धार कार्यमा स्थानीय पार्टीपङ्क्ति परिचालन गर्नेछ।

    उनीहरू प्रभावित क्षेत्रमा यी ७ विषयमा केन्द्रित रहनेछन्।

    कृष्णप्रसाद पौडेल मुख्य सचिव

    महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट भूकम्प प्रभावित क्षेत्र आज पुग्दै हुनुहुन्छ। केही दिन त्यहाँ रहेर उहाँहरूले– ‘७ बुँदे कार्य’ मा ध्यान केन्द्रित गर्नुहुनेछ।

    ९१० उद्धार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढङ्गले भए पनि राहत सामग्री अझै पनि कयौँ पीडितमा नपुगेको भनेर सञ्चार माध्यम मार्फत उजागर कमजोरीहरूको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण।

    (२) सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न सङ्घ–संस्था एवं स्वयं सरकारी निकायहरू बीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन। छैन भने एकद्वार पालना गर्न–गराउन थप सुझाव र सहजीकरण।

    (३) उद्धार र राहतमा पुगेका बाह्य सङ्घ–संस्था र व्यक्तिहरूबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन रु सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्नरगराउन सुझाव र सहजीकरण गर्ने –गराउने।

    (४) उद्धार र राहत क्रममा नेपाली काँग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेको नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारितामा प्रेरित गर्ने तथा दीर्घकालीन रूपमा पुनर्स्थापनामा सम्पादन गर्नुपर्ने विषयहरूको अध्ययन गर्ने।

    (५) घाइतेको उपचारमा ध्यान केन्द्रित गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने।

    (६) सुत्केरी, अपाङ्गता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय।

    (७) पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाली काँग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाइएको छ। यसको कार्यान्वयनमा के कस्तो समस्याहरू आइपर्न सक्छन्, सरोकारवालाहरूको सुझावहरू के के छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्ने।

    महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरूप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउनु हुनेछ।