रवि लामिछानेले दिए प्रधानमन्त्रीलाई १४ सुझाव - Chaitanya News
  • 2026-11-19
  • 12:42:53
  • बिहिबार,मंसिर ०४, २०८३
  • रवि लामिछानेले दिए प्रधानमन्त्रीलाई १४ सुझाव

    रवि लामिछानेले दिए प्रधानमन्त्रीलाई १४ सुझाव

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन्।

    भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमबाट फर्किएपछि सभापति लामिछानेले राहत व्यवस्थापन र वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ सुझाव दिएका हुन्।

    सभापति लामिछानेले परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउन आग्रह गरेका छन्। उनले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालको गुणस्तर राम्रो नभएकाले गुणस्तरीयताको मापन गरी पठाउन आग्रह गरेका छन्। सरकार छ भन्ने अनुभूति जनतालाई दिलाउन उनको आग्रह छ।

    त्यस्तै राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको भन्दै त्यसमा सरकारको ध्यानकर्षण गराएका छन्।