भूकम्प पीडित राहत कोषमा पर्यटन मन्त्रालयले दियो ४ करोड - Chaitanya News
  • 2026-05-27
  • 02:15:41
  • मंगलबार,जेठ १२, २०८३
  • भूकम्प पीडित राहत कोषमा पर्यटन मन्त्रालयले दियो ४ करोड

    भूकम्प पीडित राहत कोषमा पर्यटन मन्त्रालयले दियो ४ करोड

    काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्प पीडित राहत कोषमा जम्मा गरेको रकम सरकारलाई हस्तान्तरण गरेको छ।

    आज (बुधबार) संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सामाजिक सञ्जाल मार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायहरूबाट एकमुष्ट रूपमा चार करोड तेह्र लाख अन्ठानब्बे हजार नौ सय अठासी रुपैयाँ जम्मा गरी प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेको जानकारी दिएका हुन्।

    उनले लेखेका छन्, ‘रु।चार करोड तेह्र लाख अन्ठानब्बे हजार नौ सय अठासी रुपैयाँ भूकम्प पीडित राहत कोषमा जम्मा गरी प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायहरूबाट एकमुष्ट।’