रुकुम पश्चि– रुकुम पश्चिमका साढे तीन हजार बढी परिवारहरूलाई राहत वितरण गरिएको छ। अनुसार ७२० घरका तीन हजार ७५२ परिवारलाई पहिलो राहत वितरण गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको हो।
चौरजहारी नगरपालिकाको वडा नम्बर १०, १२ र १४ मा २८८ घरका एक हजार ५११ परिवारलाई चामल, दाल, चिउरा, साबुन ब्लयाङ्केट वितरण गरिएको छ।
यस्तै सानोभेरी गाउँपालिकाको वडा नम्बर २ का १३३ घरका ७२८ परिवारलाई त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ भने मुसिकोट नगरपालिकाको १३ र १४ नम्बर वडामा पनि राहत वितरण गरिएको छ। यहाँका ९४ घरका ४८४ परिवारलाई चामल, दाल, चिउरा, साबुन र ब्ल्याङ्केट वितरण गरिएको छ।
आठबिसकोट नगरपालिकाका ९, १०, ११, १३ र १४ नम्बर वडामा पनि राहत वितरण गरिएको छ। यहाँका १५५ घरका ७४४ परिवारलाई चामल, दाल, नुन, तेल, त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ। यस्तै त्रिवेणी गाउँपालिकाको ९ नम्बर वडाका २८५ परिवारलाई त्रिपाल वितरण गरिएको छ।
गत शुक्रवारको भूकम्पका कारण रुकुम पश्चिमका विभिन्न पालिकाहरूमा धनजनको क्षति भएको छ। विशेष गरी यहाँका आठबिसकोट र सानोभेरीमा मानवीय क्षति भएको छ भने भौतिक संरचनाको क्षति आंशिक रूपमा सबैतिर परेको छ।
![]()