एजेन्सी– प्रायः कालो मरिचको प्रयोग खानामा स्वाद बढाउनका लागि गरिन्छ। तर मरिच स्वास्थ्यसँग जोडिएका कयौं समस्याका लागि पनि फाइदाजनक हुन्छ।
मरिचको तेलमा भिटामिन तथा मिनरल्स पाइन्छ, जसले कयौं प्रकारका समस्याबाट राहत दिन्छ। मरिचको तेलको प्रयोग घुँडा दुखेको समस्यामा प्रयोग गरिन्छ। यसमा पाइने तत्वले मांसपेशीको चोट तथा दुखाईबाट राहत दिन्छ।
कालो मरिचको तेल प्रयोग गर्नाले रगतको सञ्चार तीव्र हुन्छ। यसले रक्तचाप पनि नियन्त्रण गर्छ। साथमा यसको तेल पाचन सम्बन्धी समस्याका लागि पनि सहयोगी हुन्छ। यसको प्रयोगले ग्यास, कब्जियत, एसिडिटी आदि समस्या निको हुन्छ।
तनावको समस्यामा पनि मरिचको तेल एकदमै उपयोगी हुन्छ। मरिचको तेलको प्रयोगले शरीर डिटक्स हुनुका साथै तनावबाट राहत दिन्छ।
यो तेलको सेवनले शरीरमा गुड कोलेस्ट्रोल बढाउने काम गर्छ। जसले खराब कोलेस्ट्रोल कम हुन्छ। यसले गर्दा रक्तचाप नियन्त्रित रहन्छ र शरीर सुन्निएको कम हुन्छ।