चिसोमा हुने स्वास्थ्य समस्या र बच्ने घरेलु उपचार - Chaitanya News
  • 2026-05-05
  • 05:09:47
  • सोमबार,बैशाख २१, २०८३
  • चिसोमा हुने स्वास्थ्य समस्या र बच्ने घरेलु उपचार

    चिसोमा हुने स्वास्थ्य समस्या र बच्ने घरेलु उपचार

    देशभर चिसो बढी सकेको छ। काठमाडौंको तापमान पनि ओह्रालो लागेको छ। मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको भन्दै मौसमी तापमान थप घट्ने जनाएको छ।

    चिसो मौसममा खासगरी वालवच्चा, सुत्नेकरी, गर्भवती, बुढाबुढी, रोगीहरुलाई समस्या हुन्छ। चिसोबाट बच्नका लागि उचित व्यवस्थापन गरिएन भने रुँघा, खोकी, ज्वरो, निमोनिया हुने खतरा रहन्छ। त्यसैले चिसोमा स्वास्थ्य बचाउन विशेष सावधानी अपनाउनु पर्छ।

    यो मौसममा वाह्य वातावरणसँग शरीरको तापमान सन्तुलन राख्न केहि प्राकृतिक विधी अपनाउनु पर्छ।

    १. तातो पानी, सुप वा झोलयुक्त पदार्थ सेवन गर्ने।

    २. न्यानो लुगा लगाउँने।

    ३. घर–कोठालाई न्यानो राख्ने।

    यद्यपी के कुरामा पनि ख्याल गर्नुपर्छ भने, घर कोठा न्यानो राख्ने भन्दैमा झ्याल ढोका बन्द गरेर हिटर ताप्ने, आगो बाल्ने गल्ती गर्नु हुँदैन। घर–कोठामा अक्सिजन आउजाउ गर्ने व्यवस्था भने हुनुपर्छ।

    चिसोबाट बच्ने घरेलु विधी

    केही घरेलु उपायहरु छन्, जसले चिसोको स्याहरुबाट सजिलै जोगिन सकिन्छ। यहाँ चिसो मौसममा लाग्न सक्ने १० रोग र तिनीहरुको सहज उपचारबारे उल्लेख गरिएको छ।

    चिसोमा कब्जियत भए के गर्ने?

    चिसो मौसममा कब्जियतको समस्या हुन्छ। खासगरी पाचनसम्वन्धी कारणहरुले गर्दा यो समस्या झनै बढेर जान्छ। यसबाट बच्नका लागि पानी अत्यधिक पिउनुपर्छ। भोजनपछि जीराको धुलो खानाले पनि पाचन क्रिया ठिक रहन्छ।

    चिसोले टाउको दुखे के गर्ने?

    मानिसहरुलाई चिसो हावाका कारण टाउको दुख्ने समस्या हुन्छ। यो सजिलैसँग कम हुँदैन। यसो भएमा दुधमा जाइफल मिसाएर टाउकोमा यसको लेप लगाउनुस। यसबाट तुरुन्तै टाउकोको दुखाई भाग्छ।

    चिसोले छाला तथा ओंठ फुटे के गर्ने?

    जाडोमा छालाको साथसाथै ओठ फुट्नु सामान्य कुरा हो। फुटेको ओंठमा कोकमको तेल लगाउँदा फाइदा हुन्छ। यसल ओठको त्वचा नरम र मुलायम पनि हुन्छ।

    चिसोले कुर्कुचा फुटे के गर्ने?

    चिसो मौसममा कुरकुच्चा फुट्ने समस्या पनि अत्यधिक हुन्छ। यस्तो भएमा प्याजको पेस्ट वा ग्रीस लगाउँदा आराम हुन्छ।

    चिसोले छातीमा कफ जमे के गर्ने?

    जाडोमा प्राय छातिमा कफ जम्मा हुन्छ र यसले निकै दुख दिन्छ। यसको समाधानका बेसार(पानी पिउनुस। यसबाट कफ बाहिर निस्किन्छ र खोकीमा राहत मिल्छ।

    चिसोले रुँघा ज्वरो आए के गर्ने?

    धेरै रुँघा लाग्यो भने ज्वरो पनि आउन सक्छ। यसबाट बच्नका लागि दैनिक तीन पटक आलसको चुर्ण प्रयोग गर्दा फाइदा मिल्छ। रुघा, खोकी, ज्वरो एकसाथ हुँदा पुदीनाको पत्ताको चिया बनाएर नून वा सख्खर मिलाएर पिउँदा फाइदा गर्छ।

    चिसोमा जोर्नी दुखे के गर्ने?

    चिसो मौसममा अक्सर जोर्नीको दुखाईले सताउँछ। यसबाट छुटकारा पाउनका लागि धतुरोको पत्तामा तेल लगाएर तातो बनाउनुस र दुखेको स्थानमा बाँध्नुस। यसबाट दुखाईमा राहत मिल्छ।

    तोरीको तेलमा ३–४ लसुनको कल्ली हालेर पकाउनुस र चिसो भएपछि यसले मालिस गर्नुस। यस्तो तेलको मालिसले चिसोमा जिउ दुखेको सन्चो हुन्छ।