गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अतिहारलगत्तै अघि बढ्ने - Chaitanya News
  • 2026-06-07
  • 10:28:02
  • आइतबार,जेठ २४, २०८३
  • गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अतिहारलगत्तै अघि बढ्ने

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अतिहारलगत्तै अघि बढ्ने

    काठमाडौँ– चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तिहारलगत्तै अघि बढ्ने भएको छ।

    बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा निर्माण अघि बढाउने समझदारी भएको हो ।महानगरपालिकाकाका अनुसार आज बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा उक्त समझदारी भएको हो।

    समझदारीअनुसार पहिलो चरणमा ७५ करोड लागतको काम अघि बढ्नेछ। उक्त लागतको ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने जनाइएको छ।

    अधिकारीका अनुसार उक्त रकममा धुर्मुस सुन्तली फाउन्डेसनले काम गर्दा लागेको १८ करोड ऋण भने समेटिएको छैन। उक्त ऋण संघीय सरकारमार्फत नै तिर्ने मौखिक सहमतिपछि रङ्गशालाको बाँकी निर्माण अघि बढाइने भएको हो।

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रदेशका अर्थ र खेलकुदमन्त्री तथा भरतपुर महानगरका मेयर रेनु दाहालसहित महानगरपालिकाका टिमको उपस्थितिमा समझदारी भएको हो।