जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि राहत पठाउँदै काठमाडौँ महानगर - Chaitanya News
  • 2026-07-13
  • 09:36:03
  • सोमबार,आषाढ २९, २०८३
  • जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि राहत पठाउँदै काठमाडौँ महानगर

    जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि राहत पठाउँदै काठमाडौँ महानगर

    काठमाडौँ– जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुका लागि काठमाडौँ महानगरपालिकाले राहत सामग्री पठाउने भएको छ।

    भूकम्प प्रभावितका लागि पठाउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको महानगरपालिकाका प्रमुख बालेन शाहले फेसबुकमा पोस्ट गरेका छन्।

    प्रभावित क्षेत्रमा थप ईन्जिनियरिङ तथा प्राविधिक सहयोग चाहिएमा महानगरपालिकाले सहयोग गर्ने भएको छ। यसका लागि काठमाडौँ महानगरपलिकालाई सम्बन्धित निकायले सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ।
    जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुका लागि देशविदेशबाट सहयोग स्वरुप राहत पठाउने क्रम जारी छ।