बच्चालाई कस्तो सिनेमा देखाउने ? कस्ता सिनेमा नदेखाउने? - Chaitanya News
  • 2026-05-25
  • 04:17:07
  • आइतबार,जेठ १०, २०८३
  • बच्चालाई कस्तो सिनेमा देखाउने ? कस्ता सिनेमा नदेखाउने?

    बच्चालाई कस्तो सिनेमा देखाउने ? कस्ता सिनेमा नदेखाउने?

    बच्चालाई सधैँ टिभी स्क्रिनअगाडि झुम्मिन दिनु राम्रो होइन। तर, वेला–वेलामा उनीहरूलाई सिरियल तथा सिनेमा हेर्न लैजानुपर्छ । उनीहरूलाई उमेर, परिपक्वता र रुचिअनुसारको सिनेमा देखाउनुपर्छ। किनकि, सिनेमाले बालमस्तिष्कमा गहिरो प्रभाव छाड्छ । तसर्थ, साना बच्चालाई सिनेमा हेर्न लैजानुअघि केही कुरा ख्याल गर्नुपर्छ।

    सकारात्मक सन्देश : बच्चालाई त्यस्ता सिनेमा देखाउन लैजानुस्, जसले उनीहरूको मस्तिष्कमा सकारात्मक प्रभाव पारोस् । मित्रता, दया, इमानदारिता, प्रतिबद्धतालगायतका कुरा उनीहरूले सिनेमाबाट सिक्न सक्छन् । नैतिक शिक्षा सिकाउने सिनेमा उनीहरूका लागि राम्रो हुन्छ ।

    शैक्षिक सामग्री: सिनेमा मनोरञ्जन मात्रै होइन, यसले बच्चालाई शैक्षिक रूपमा पनि सहयोग गर्न सक्छ । विज्ञान, इतिहास, फरक संस्कृति र भाषाका सिनेमा हेर्न प्रेरित गर्नुस् ।

    सिर्जनशीलता : बच्चालाई रोमाञ्चकारी तथा एनिमेटेड सिनेमा मन पर्छ । यसले उनीहरूलाई अलग दुनियाँमा लैजान्छ र उनीहरूको सिर्जनशीलता बढाउँछ ।

    रोलमोडल: चुनौतीहरू सामना गर्ने पात्रहरूले उनीहरूको मस्तिष्कमा सकारात्मक छाप छाड्छन् । त्यसैले त्यस्ता सिनेमा हेर्न लैजानुस्, जसमा रहेका पात्रहरूले बच्चालाई सकारात्मक र ऊर्जाशील रहन प्रेरित गरोस् ।

    पारिवारिक सिनेमा : पारिवारिक सिनेमा बच्चालाई मन पर्छ । पूरै परिवार बसेर यस्ता सिनेमा हेर्नुको मज्जा नै बेग्लै छ ।

    कमेडी : कमेडी सिनेमा सबैलाई मन पर्छ । बच्चालाई यस्ता सिनेमालेै धेरै प्रभाव पार्छ ।

    कस्ता सिनेमा नदेखाउने? हिंसा स् हिंसात्मक दृश्यहरू समावेश सिनेमाबाट बच्चालाई टाढा राख्नुपर्छ ।

    यौन: यौन संवाद, नग्नतालगायत विषय समावेश फिल्म पनि बच्चाका लागि राम्रो हुँदैन । रोमान्टिक फिल्म हेर्न लैजाँदा पनि बच्चाका लागि उक्त सिनेमा सही हुन्छ वा हुँदैन भनेर सोच्नुपर्ने हुन्छ । कुन उमेरसमूहका लागि लक्षित सिनेमा हो भन्ने विषय रिभ्युहरू पढेर पनि तपाईंले निर्क्योल गर्न सक्नुहुन्छ ।

    ड्रग्स र अल्कोहल : ड्रग्स वा अल्कोहल सेवन देखाइएको वा यसको प्रयोगलाई बढावा दिइएका दृश्य बच्चाका लागि उपयुक्त हुँदैन । यसले उनीहरूमा नकारात्मक प्रभाव पार्न सक्छ ।

    संवाद स् दोहोरो अर्थ बोक्ने संवाद प्रयोग गरिएका सिनेमा पनि बच्चाका लागि राम्रो हुँदैन । बच्चालाई सहज र सरल संवादयुक्त सिनेमा देखाउनुपर्छ ।

    हरर मुभी : हरर थिममा बनाइएका सिनेमाले बच्चामा डर सिर्जना गर्न सक्छ । डर वा एन्जाइटीलाई बढावा दिने गरी बनाइएका सिनेमाबाट बच्चालाई टाढा राख्नुस् ।

    विभेद : जात, लिंग, धर्म वा अन्य विभेदलाई प्रवद्र्धन गर्ने सिनेमाबाट बच्चालाई टाढा राख्नुस् ।

    नकारात्मक रोलमोडल: कतिपय फिल्ममा मुख्य पात्रका नकारात्मक चरित्रलाई मलजल गरिएको हुन्छ । यस्ता फिल्म पनि बच्चाका लागि राम्रो हुँदैन ।