काठमाडौं– टी–२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा गुल्शन झाले बिस्फोटक ब्याटिङ गरिरहेका छन्।
झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे। उनको ब्याटिङसँगै नेपालको इनिङ्स उकासिएको छ।
यो टी–२० आईमा गुल्शनको पहिलो अर्धशतक हो। झाले कप्तान रोहितकुमार पौडेलसँग ६७ रनको साझेदारी गरिसकेका छन्।
गुल्शनले ओडीआईमा पनि महत्वपूर्ण फाइनल खेलमा अर्धशतक प्रहार गरेका थिए।
उनले विश्वकप लिग टुअन्तर्गत अन्तिम शृंखलामा यूएईविरुद्ध अविजित ५०, एसीसी प्रिमियर कप फाइनलमा पनि यूएईविरुद्ध अविजित ६७ रन बनाएका थिए।