काठमाडौं- एमाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदलाई मन्त्री नियुक्त गरेपछि प्रदेश सरकारबाट बाहिरिने भएको छ।
एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको गठबन्धनमा एमाले संलग्न नहुने बताए।
सरकारमा एमालेका रामबहादुर राना मन्त्री रहेका छन्। यसअघि नै एमालेले कांग्रेस बाहेक अन्य दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो। मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका गणेशप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन्।
एमाले ३० र कांग्रेसमा ८ सांसदहरुको समर्थनमा केदार कार्की असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री कार्कीले यसअघि कांग्रेसका शम्शेर राईलाई पनि मन्त्री बनाएका थिए।