अध्यक्ष ओलीले भने: निषेधको राजनीति छाडेर लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा एकजुट बनौँ - Chaitanya News
  • 2026-11-16
  • 10:16:50
  • सोमबार,मंसिर ०१, २०८३
  • अध्यक्ष ओलीले भने: निषेधको राजनीति छाडेर लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा एकजुट बनौँ

    अध्यक्ष ओलीले भने: निषेधको राजनीति छाडेर लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा एकजुट बनौँ

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, देश र राष्ट्रिय हितको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चाँडै सर्वदलीय बैठक बोलाउन आफूले भनेको बताएका छन्।

    प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलालाई सम्बोधन गर्दै सबै पार्टीहरूले पुरानो शैली छाड्न आवश्यक भएको बताए।

    उनले भने, ‘निषेधको राजनीति छाड्न जरुरी छ। लोकतान्त्रिक अभ्यासभित्र स्वास्थ्य प्रतिस्पर्धा गर्नुपर्छ।

    हामीले लोकतान्त्रिक प्रणाली रोजेको अस्वस्थता रोजेको होइन। हामीले हिंसा र घृणा फैलाउने बाटो रोजेको होइन। हामीले सामाजिक सद्भाव र एकता रोजेको हौँ।

    म सबै राजनीतिक दलहरुलाई आग्रह गर्छु मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु, प्रधानमन्त्रीलाई छिट्टै लोकतन्त्रको पक्षमा, देश र राष्ट्रिय हितको पक्षमा सर्वदलीय बैठक बोलाउनुस् भनेको छु। उनले छिट्टै नै गर्नुहोला भन्ने लाग्छ।

    उनले देशलाई पछाडि फर्काउन नसक्ने भन्दै अगाडि बढ्ने बताए।