घरेलु कामको जिम्मेवारी महिलालाई मात्र किन? - Chaitanya News
  • 2026-11-19
  • 12:19:59
  • बिहिबार,मंसिर ०४, २०८३
  • घरेलु कामको जिम्मेवारी महिलालाई मात्र किन?

    घरेलु कामको जिम्मेवारी महिलालाई मात्र किन?

    प्रियंका सधैँ बुलन्दसहरको काकोडबाट करिव ५० किलोमिटर टाढा नोएडाको सोसाइटीका घरमा खाना पकाउने काम गर्छिन्।

    यसका लागि उनले प्रत्येक दिन बिहान ४:३० बजे उठेर घरको काम सक्नुपर्छ। घरको काम गर्न उनले श्रीमान‍्बाट कुनै सहयोग पाउँदिनन्।

    प्रियंकाका श्रीमान पनि उनी झैँ असन्गठित क्षेत्रमा काम गर्छन्।

    प्रियंकाका श्रीमान‍्ले महिनामा १७/१८ दिनमात्रै काम पाउने गरेका छन्। त्यसैले प्रियंकालाई पनि काम गर्नुपर्छ। प्रियंकाको कमाइ पनि श्रीमान‍्को जति पुगिसकेको छ। तर, उनका श्रीमान‍्ले घरको काममा सहयोग गर्दैनन्।

    बीबीसी हिन्दीकी सहयोगी अञ्जली दाससँग‍ प्रियंका मिश्रित ब्रजभाषामा कुरा गर्छिन्। ‘बिहान उठेर घरको काम गर्छु। खाना बनाउँछु। बच्चालाई तयार पारेर स्कुल पठाउँछु। त्यसपछिमात्र म आफ्नो काममा जाने गर्छु। सधैँ काममा आउन जान अढाइ घण्टा भन्दा बढी लाग्छ। थाकेर पुग्ने गर्छु। त्यसपछि पनि बच्चाका लागि खाना बनाउनेदेखि अन्य घरायसी काम एक्लै गर्छु। श्रीमान‍्बाट कुनै सहयोग हुँदैन,’ उनले भनिन्।

    यो पीडा प्रियंकाको मात्र होइन। शीला रानी दिल्लीको साटो गुरुग्राममा रहन्छिन्।

    उनी एउटा कम्पनीमा काम गर्छिन्। कोरोना कहरमा उनका श्रीमान‍्को जागिर गुम्यो। थुप्रै प्रयास गर्दा पनि उनले जागिर पाएनन्। यतिबेला उनी घरमै बस्छन्।

    शीलाको बोझ दुई गुणा बढेको छ। श्रीमान‍्ले सहयोग गर्दैनन्।

    ‘म घरको पनि काम गर्छु। जागिर पनि। तर, मेरा श्रीमान‍्ले मेरो घरको काममा कुनै सहयोग गर्दैनन्’, उनले भनिन्।

    रोजमर्राको जीवनमा ऐस्तो काम छ कि कामको गणना एक पटक हुन्छ। तर, काम पटक-पटक गर्नुपर्छ। द टाइम यूज सर्वे २०१९ ले पुरुषको तुलनामा महिलाहरू घरको काम तीन गुणा गर्ने गरेको पाएको थियो।

    महिलाहरू घरका सदस्यहरूसँग पनि भावनात्मक रूपमा अलि बढी नै जोडिएका हुन्छन्। महिलाहरू पुरुषको भन्दा घरको ख्याल गर्न दोब्बर समय दिन्छन्।

    घरमा कति काम हुन्छ? यसको मापन गर्न गाह्रो छ। कतिपय काम देखिँदैनन्। तर, अन्य कामसँग सँगसँगै गर्नुपर्छ।

    बच्चाको रेखदेखमा पुरुषको तुलनामा महिलाले बढी समय दिइरहेका हुन्छन्। काम गर्दा पनि महिलाले बच्चाको ख्याल गरिरहेका हुन्छन्। यसले उनीहरूमा अतिरिक्त तनाव पैदा हुन्छ। काम गर्दा पनि बच्चाको चिन्ता लागि रहेको हुन्छ।

    बिबिसीको वर्कलाइफमा लेखिएको एक लेख अनुसार २०१९ मा हावर्ड युनिभर्सिटीबाट सोसियोलोजी र सोसल पोलिसीमा पिएचडी गरिरहेकी एलिसन डेमिन्गरले ३५ जोडिसँग एक सोध गरेकी थिइन्। यसबाट घरायसी कामको ठूलो भाग महिलाले बहन गर्नुपर्छ।

    बिबिसी संवाददाता मेलिसा होगेनबुमलाई एलिसन डेमिन्गरले भनिन्, ‘सधैँका कामलाई पुरा गर्न हामीले प्रत्येक दिन कति योजना बनाउनुपर्छ। त्यसैबाट प्रस्ट हुन्छ कि हामी कति लुकेका काम गरिरहेका हुन्छौं।’

    एलिसन डेमिन्गरले घरेलु जिम्मेवारीसँग जोडिएका चार मानसिक कार्यको पहिचान गरेकी छन्। आवश्यकताको अनुमान लगाउनु, विकल्पले पहिचान गर्नु, विकल्पमा पनि सबै भन्दा उत्तम विकल्प खोज्नु र परिमाणको नियमित ख्याल गर्नु। उनको सोधले यी चार जिम्मेवारी मध्ये सबै भन्दा बढी महिलाहरूसँग हुने गरेको बताएकी थिइन्।

    विवाहित जोडि भन्दा समलैङ्गिक जोडिमा कामको विभाजन कम देखिएको उनको भनाइ छ।

    बिबिसी हिन्दीबाट भावानुवाद