काठमाडौं- नेपाल २०२४ मा हुने टि२० विश्वकपमा छनोट भएको छ।
युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपको यात्रा तय गरेको हो।
बहराइनले दिएको एक सय सात रनको लक्ष्य ओमानले १४ दशमलव एक ओभरमा पूरा गर्यो। ओमानको जीतमा कश्यप प्रजापतिले सर्वाधिक ५७ रन बनाए। उनले ४४ बलमा दुई छक्का र छ चौका प्रहार गरे। साथै प्रतीक अथावेलले ४१ बलमा एक छक्का र चार चौकासहित ४८ रन बनाए। ओमानले फाइनल नेपाल र यूएईबीच अहिले भइरहेको खेलको विजेतासँग खेल्नेछ।
फाइनलमा पुग्दै दुवै टोली विश्वकपमा छनोट हुने छन्। यसअघि बहराइनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय छ रन मात्रै बनाउन सक्यो। उसका लागि इमरान अलीले ३०, अहमर बिन निसारले २६ र सर्फराज अलीले २३ रन बनाए। ओमानका लागि अक्वि इलायसले चार विकेट लिए भने सकिल अहमदले दुई विकेट लिए।
साथै फयाज बट र जीसान मक्सुदले एक-एक विकेट लिए। जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल अहिले माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी छ।