भोलि (शनिबार) सिंहदरवारसहित काठमाडौँका यी स्थानमा ४ घण्टा विद्युत् आपूर्ति बन्द - Chaitanya News
  • 2026-05-27
  • 01:01:18
  • मंगलबार,जेठ १२, २०८३
  • भोलि (शनिबार) सिंहदरवारसहित काठमाडौँका यी स्थानमा ४ घण्टा विद्युत् आपूर्ति बन्द

    भोलि (शनिबार) सिंहदरवारसहित काठमाडौँका यी स्थानमा ४ घण्टा विद्युत् आपूर्ति बन्द

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले भोलि १८ गते शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ।

    प्राधिकरणले स्युचाटारदेखि सिंहदरवारसम्मको ६६ केभी प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकोले सिंहदरवारस्थित के ३ सब स्टेसनबाट आपूर्ति हुने सिंहदरवार परिसरका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टे कुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतो पुल, रातो पुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने जानकारी दिएको छ।

    बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले सूचना जारी गर्दै जानकारी दिएको हो।