मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट - Chaitanya News
  • 2026-07-13
  • 09:35:07
  • सोमबार,आषाढ २९, २०८३
  • मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट

    मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट

    काठमाडौं– मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ।

    बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको हो।

    कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन्। यीमध्ये ६ जनाले कुल ११–११ कित्ताका दरले एफपीओ पाएका छन् भने बाँकीले १०–१० कित्ताका दरले पाएको मर्चेन्ट बैंकिङले जनाएको छ।

    लघुवित्तले सर्वसाधारणका लागि असोज २५ देखि ३० गतेसम्म प्रतिकित्ता १ सयका दरले १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निस्कासन गरेको थियो। कुल १३ लाख २० हजार २०३ आवेदक स्वीकृत भएका थिए।