नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-07
  • 08:46:33
  • आइतबार,जेठ २४, २०८३
  • नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

    नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

     

    काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानले घरेलु टिम नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनायो ।

    ओमानका कप्तान जिसान मक्सुदले ३२ रन बनाए । नसिम खुशीले २५, प्रतिक अथावालेले २४, अयान खानले १८ र साकिल अहमेदले २२ रन थपे ।

    नेपालका करण केसीले तीन विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । अभिनाश बोहरा र गुल्सन झाले एक÷एक विकेट झारे ।

    छनोटको समूह ‘ए’मा रहेका यी दुवै टिम अपराजित छन् । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । आजको खेलले विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

    नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरविरुद्ध आठ र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।