राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा - Chaitanya News
  • 2026-05-03
  • 06:45:13
  • आइतबार,बैशाख २०, २०८३
  • राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा

    राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा

    काठमाडौँ– सरकारले सहसचिवद्वय राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ।

    आज (बिहीवार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ अर्याल र प्राविधिकतर्फ पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

    लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिवत्रय राधिका अर्याल, चूडामणि पौडेल र डा. हरिप्रसाद लम्सालको नाम सिफारिस गरेको थियो।