टी–२० विश्वकप छनोट: ओमानविरुद्ध नेपालको राम्रो सुरुवात - Chaitanya News
  • 2026-06-07
  • 08:47:23
  • आइतबार,जेठ २४, २०८३
  • टी–२० विश्वकप छनोट: ओमानविरुद्ध नेपालको राम्रो सुरुवात

    टी–२० विश्वकप छनोट: ओमानविरुद्ध नेपालको राम्रो सुरुवात

    काठमाडौं– टी–२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ।

    पावर प्ले सकिंदा नेपालले चार विकेट लिएको छ। सोमपाल कामीले दुई, करण केसी र गुल्शन झाले एकरएक विकेट लिएका छन्।

    सोमपालले ३.१ ओभरमा अकिब इलियास र ५.४ ओभरमा शोयब खानलाई आउट गराए। गुल्शन झाले पाँचौं ओभरको अन्तिम बलमा झाले ओमानका ओपनर प्रतिक श्रीकान्त अथावलेलाई आउट गरे। झाले प्रतीकलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराए।

    ओमानविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो ओभरको पाँचौं बलमै विकेट लिएका छन्। ओमानका कश्यप प्रजापतिलाई करणले आउट गराए।

    ६ ओभर सकिदा ओमानले ४३ रन जोडेको छ।