देशभरका सबै सरकारी कार्यालय भोलिदेखि ४ बजेसम्म मात्र खुल्ने - Chaitanya News
  • 2026-05-27
  • 01:00:32
  • मंगलबार,जेठ १२, २०८३
  • देशभरका सबै सरकारी कार्यालय भोलिदेखि ४ बजेसम्म मात्र खुल्ने

    देशभरका सबै सरकारी कार्यालय भोलिदेखि ४ बजेसम्म मात्र खुल्ने

    काठमाडौँ– देशभरका सबै सरकारी कार्यालय भोलि (बिहीबार) देखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने भएको छ।

    सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्।

    यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ।

    गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि आज (बुधबार) कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछन्।